Logo

Breaking News 1

खेल क्षेत्रमा लगानी बढाउनुपर्छः अध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लगानी गरेर नेपालीको गौरव बढाउने चाहना पुरा गर्नुपर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा हकी खेल खेलका खेलाडीलाई अवार्ड प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पहिले नेपालमा हकी निकै नै लोकप्रिय रहेको उल्लेख गर्दै उनले तर समय चरणमा खेल विकासको वातावरण पनि फरक हुँदै जाँदा हकी खेल पछि पर्दै गएको बताए ।

सरकारले देशको गौरव बढाउने खालका खेलहरु चिनेर स्पष्ट नीति बनाउन नसकेको भन्दै श्रेष्ठले सबै खेलहरु एकै ढंगबाट अगाडि बढिरहेको अवस्था नेपालमा रहेको बताए ।

सीति स्रोत र साधनन एवं अर्थतन्त्र सानो भएकाले अरु देशमा जस्तो खेलाडी र खेलको अवस्था नभए पनि यस क्षेत्रमा लगानी बढाएर खेलाडीको हौसला बढाउने साथै खेलबाट नेपापलीको गौरव बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

खेल क्षेत्रको विकासका लागि खेलकर्मीसहित सबै पक्षले दत्तचित्त भएर लाग्नु पर्ने उल्लेख गर्दै श्रेष्ठले हक्कीको क्षेत्रमा तन, मन र वचन लगाएर अघि बढ्न सकने राम्रो प्रगति हुने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : ०५ बजे