काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । हाल पौडेल भन्सार विभागका महानिर्देशक रहेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।
पौडेल यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।
प्रतिक्रिया