Logo

Breaking News 1

एनएसएल : आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुने छ । झापा पहिलो जितको खोजिमा हुने छ । उसका दुई खेलाडी चोटिल भएका कारण पनि जित निकाल्न सकेको छैन ।

यता बुटवल भने लगातार तेस्रो जित निकाल्ने दाउमा हुने छ । उत्कृष्ट खेलिरहेको बुटवलले यसअघि स्पोर्टिङ इलाम र काठमाडौं रेजर्सलाई हराएको पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : १० बजे