Logo

Breaking News 1

नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासंगको परामर्श बैठकमा उनले, सरकारले लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् ।

लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।

मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए ।

सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए । सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ०४ बजे