Logo

Breaking News 1

ललितपुर महानगरपालिकाविरूद्ध अभियान्ता ईः ले १०८ घण्टा उभिने



ललितपुर । अभियान्ता ईः ले साँझ–बिहान फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्णय निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।

सहर कार भएकालाई मात्र नभइ सबैका लागि निर्माण गर्ने यालको (ललितपुर) प्रयासलाई सबैले प्रशंसा गरेका छन् । सहरको आत्मा मार्दै साँझ–विहान फुटपाथ व्यापार हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ’, उनले उल्लेख गरेका छन् ।

ईः ले महानगरपालिकाको निर्णयविरूद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिने जानकारी दिएका छन् । मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

यसअघि काठमाडौँ महानगरपालिकाविरूद्ध राष्ट्रिसभा गृहअगाडि ११९ घण्टा उभिएर विरोध जनाएका अभियान्ता ईः र महानगरपालिकाबिच असोज १० गते तीन बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  २ : ५३ बजे