Logo

मुख्य समाचार

यस्ताे छ आजकाे माैसम



काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भू–भागमा आज हिमपात र हुस्सु तथा कुहिरो लाग्ने साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ५८ बजे