Logo

Breaking News 1

प्रचण्डपुत्रीले व्यापारीसँग पैसा लिएको अमरेशको दाबी, प्रमाण देखाउन पञ्चाको चुनौती



काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगाले व्यापारीहरूसँग पैसा लिएको दाबी गरेका छन् ।

आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले समय आएपछि प्रमाणसहित पोल खोल्ने चेतावनीसमेत दिएका छन् ।

अमरेशले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

उनको भनाइप्रति आपत्ति जनाउँदै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले प्रमाण पेश गर्न चुनौती दिएकी छन् ।

पञ्चाले फेसबुकमा लेखेकी छन् , ‘हिम्मत भए प्रमाण पेश गर, अन्यथा तिम्रो हिसाब पनि राम्रोसँग गर्न पर्ने देखियो त । माननीय अमरेश जी ।’

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ४२ बजे