Logo

समाचार

तत्कालीन अनुसन्धान अधिकृतविरुद्ब विशेष अदालतमा आरोपपत्र दायर



काठमाडौ‍। राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतले बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । सोहि प्रमाणपत्र पेश गरी अनुसन्धान अधिकृतमा बढुवासमेत भएका थिए ।

बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी सहित बिशेष अदालत काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ३१ बजे