Logo

Breaking News 1

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो ।

सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुनस् तोकिएको हो । जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए ।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन आदेश भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ०८ बजे