Logo

अर्थ

राष्ट्र बैंकले घटायाे बैंकदर र नीतिगतदर


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगतदर घटाएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ । त्यस्तै, नीतिगतदर ६.५ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई र नीतिगत दर घटाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाइ ३.० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत् राखिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ३६ बजे