Logo

Breaking News 1

सतिशलाललाई बेचेसँगै आजियाटाले वेबसाइटबाट हटायो एनसेल


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डले आफ्नो वेबसाइटमा उल्लेखित ब्रान्ड विवरणबाट नेपालमा रहेको एनसेललाई हटाएको छ ।

आजियाटाले केही दिनअघि नेपालको एनसेलमा रहेको ८० प्रतिशत सेयर रहेको रेनोल्ड्स होल्डिङ नेपाली मुलका सतिशलाल आचार्यको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बेचेको घोषणा गरेको थियो ।

स्पेक्ट्रलाइट यूकेले एनसेल किनेसँगै आजियाटाले आफ्नो वेबसाइटमा रहेको आफ्ना कम्पनीहरूमध्येबाट एनसेल हटाएको हो ।केही दिनअघिको आजियाटाको वेबसाइटमा एनसेल समेत उल्लेख थियो ।

अहिले आजियाटाले एनसेलको विवरण हटाएको हो । यता सरकारले भने एनसेलको कारोबार मूल्य र प्रक्रिया अस्वभाविक देखिएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

सर्वोच्च अदालतले पनि सेयर खरिदबिक्री प्रक्रिया रोक्न आदेश दिइसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : २५ बजे