Logo

Breaking News 1

आजकाे माैसम : पहाडी भेगमा दिउँसो हल्का वर्षाको सम्भावना


२२ मंसिर २०८०, शुक्रबार  

46
Shares

काठमाडाैं । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २३ बजे