Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर २२ गते


२२ मंसिर २०८०, शुक्रबार  

299
Shares

काठमाडाैं । आज मिति २०८० मंसिर २२ गते, शुक्रबार, ८ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष एकादशी तिथि। हस्त नक्षत्र, ७ः४७ बजेपछि चित्रा। चन्द्रराशि कन्या, २०ः४५ बजेपछि तुला।

मेष राशि
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

बृष राशि
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।

मिथुन राशि
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कर्कट राशि
सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।

सिंह राशि
आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

कन्या राशि
प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

तुला राशि
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुस्ख पाइनेछ।

बृश्चिक राशि
आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

धनु राशि
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मकर राशि
समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ राशि
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ।

मीन राशि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। नियमविपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जामार्फत धन जुट्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ५९ बजे