काठमाडौं । राप्रपाले पार्टी परित्याग गरेका सदस्यहरुको नाम अभिलेखबाट हटाउने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार र बिहीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
बैठकले राप्रपा परित्याग गरेका केन्द्रीय सदस्य–कास्की जयलाल पुन, जिल्ला सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समितिको २ (ख) का अध्यक्ष देवेन्द्र वास्तोला र पोखरा महानगरपाििलका नगर कार्यसमितिको अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया