Logo

Breaking News 1

पुरुष मृत फेला



जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् । 

अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ । 

बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ०८ बजे