Logo

Breaking News 1

सुर्खेतकाे शिव सुन्दर स–मिलमा आगलागी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको जनाइएकाे छ ।

देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौंका मेसिनहरू रहेका थिए । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : ५८ बजे