Logo

मुख्य समाचार

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकमा पुष १ देखि ३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : १७ बजे