Logo

मनोरञ्जन

चक्रावात मिचाउङमा फसेका अमिरकाे रेस्क्यु टोलीद्वारा उद्धार



मुम्बइ । चक्रवात मिचाउङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच, चेन्नईबाट अर्को ठूलो खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।

वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्धार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

विष्णु विशालले आफैंले आफ्नो एक्स अकाउन्टमा केही तस्विर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्विरहरू सेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्, ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद।’

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : २१ बजे