Logo

Breaking News 1

उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि अस्पताल पुगेका थिए ।

मंगलबार साँझ अस्पताल पुगेका उनको एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिबेला सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ४६ बजे