Logo

Breaking News 1

एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन गर्नुपर्ने गठबन्धनकाे निष्कर्ष



काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ । छलफलमा गम्भीरतापूर्वक छानबिन गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको शेयर खरिद-बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलको शेयर खरिद–बिक्री नभएको र शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५७ बजे