Logo

Breaking News 1

नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरुको कामको मूल्याङ्कन गर्दै सही वा गलत भन्न सक्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा बालक्लवका पूर्व सदस्यहरुको दोश्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले निर्वाचनमा समयमा दलहरुले सार्वजनिक गरेको घोषणापत्रका आधारमा काम गरे नगरेको मूल्याङ्कन गर्दै सही वा गलत भन्न सक्नुपर्ने बताएका हुन् ।

उनले दलहरु गरेको गरेका प्रतिवद्धताको कार्यान्वयनका आधारमा आम निर्वाचनमा दलहरुलाई मत दिन सक्नुपर्ने जिकिर गरे । युवाहरु देशको मियो भएकाले मुलुकलाई ठिक ढंगले लानका लागि आवश्यक भूमिका निर्वाचन गर्नुपर्ने उनले बताए ।

उनले नेपालका युवाहरुलाई नेपालमा गुणस्तरीय शिक्षाका साथै रोजगारको व्यवस्थाका लागि पनि राज्य गम्भीर हुनुपर्ने बताए । सामाजिक सञ्जालमा आएका कुराहरुको बिश्लेषण गर्दै धारणा बनाउन उचित हुने उनको भनाइ छ ।

त्यस्तै, उनले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरे ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : १४ बजे