Logo

मुख्य समाचार

नेपालीलाई सेनामा भर्ना नगर्न रुस र युक्रेनलाई पत्राचार



काठमाडौं । सरकारले नेपाली नागरिकहरुलाई सेना भर्ना नगर्न रुस र युक्रेनलाई पत्राचार गर्ने भएको छ ।

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्युबारे औपचारिक जानकारी सार्वजनिक भएपछि सरकारले रुस र युक्रेन दुबै देशलाई पत्र पठाएर नेपाली नागरिकलाई सेनामा भर्ती नलिन औपचारिक आग्रह गर्ने भएको हो ।

सोमबार मात्रै सिंहदरबारमा सरकारी अधिकारीबीच भएको छलफलमा एनओसी लिएर रुसमा पढ्न जाने विद्यार्थी र पर्यटक भिसामा जानेहरुमाथि पनि रोक लगाउनेबारे छलफल भएको छ । तर यसबारे औपचारिक निर्णय भने भइसकेको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ३३ बजे