Logo

अर्थ

प्रभु बैंकलाई सन् २०२३ को ‘बैंक अफ द इयर’ उपाधि


१५ मंसिर २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए ।

अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ५० बजे