Logo

मुख्य समाचार

एमालेको पदयात्रा आज अमरगढी पुग्ने


१५ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दै छ । हिजो झुलाघाटबाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ०४ बजे