Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर १५ गते


१५ मंसिर २०८०, शुक्रबार  

690
Shares

काठमाडाैं । आज मिति २०८० मंसिर १५ गते, शुक्रबार, १ डिसेम्बर २०२३। मार्ग कृष्ण चतुर्थी तिथि, १५ः३० बजेपछि पञ्चमी। पुनर्वशु नक्षत्र, १७ः३० बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ११ः०४ बजेपछि कर्कट।

मेष राशि
बिहानको समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ।

बृष राशि
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ।

मिथुन राशि
बिहानको समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। दिउँसोदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ।

कर्कट राशि
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्।

सिंह राशि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ।

कन्या राशि
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।

तुला राशि
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

बृश्चिक राशि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ।

धनु राशि
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।

मकर राशि
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

कुम्भ राशि
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।

मीन राशि
बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ०१ बजे