Logo

Breaking News 1

युगाण्डा टी- २० विश्वकपमा छनौट



काठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ ।

युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।

योसँगै युगाण्डा पहिलो पटक टी- २० विश्वकपमा छनौट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी- २० विश्वकपमा छनौट हुन असफल भएको छ । जिम्बाबे यसअघि ६ पटक टी- २० विहस्व्क्पा खेलेको थियो । 

साथै यस अघि २००७ मा टी- २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हान असफल भएको छ ।

७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए ।
 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : १९ बजे