Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर १३ गते



आज मिति २०८० मंसिर १३ गते, बुधबार, २९ नोभेम्बर २०२३। मार्ग कृष्ण द्वितीया तिथि, १३ः५५ बजेपछि तृतीया। मृगशिरा नक्षत्र, १४ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन।

मेष राशि

कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

बृष राशि

बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ।

मिथुन राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट राशि

साथीभाइको सहयोगले यात्रा हुनेछ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

सिंह राशि

साझेदारीबाट पनि राम्रै फाइदा उठाउन सकिनेछ। केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ।

कन्या राशि

साझेदारीबाट पनि राम्रै फाइदा उठाउन सकिनेछ। केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ।

तुला राशि

आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

बृश्चिक राशि

काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिवेशमा काम गर्नुपर्ने अवस्था रहनेछ।

धनु राशि

काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ।

मकर राशि

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

कुम्भ राशि

पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

मीन राशि

घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ५७ बजे