Logo

Breaking News 1

देउवाद्वारा तीन भातृ संस्थामा अध्यक्ष नियुक्त



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तीनवटा भातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

आज (मंगलबार) सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा अध्यक्ष नियुक्त गरेका हुन् ।

सभापति देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल, भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थलाई नियुक्त गरेका छन् ।

दाहाल ओखलढंगाका हुन् भने टण्डन कपिलवस्तु र पन्थ तनहुँका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ४३ बजे