Logo

अर्थ

सूनको भाउ घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : १५ बजे