Logo

Breaking News 1

बल्खुमा दुर्गा प्रसाईंका समर्थकले जलाए टायर



काठमाडौं। काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेका दुर्गा प्रसाईंका समर्थकले टायर जलाएका छन् । दिनभरजसो प्रहरीसँग झडपमा उत्रिएका प्रदर्शनकारीहरूले बिहीबार अपराह्नतिर टायर जलाएका हुन् ।

प्रहरीलाई प्रदर्शनकारीलाई लखेटेर जलाइएको टायर निभाएको छ । प्रदर्शनकारीहरूले प्रहरीले हस्तक्षेप गरेको भन्दै नाराबाजी गरेका थिए ।

गणतन्त्रको विरोधमा उनीहरू प्रदर्शनका उत्रिएका हुन् । उनीहरूले राजतन्त्रको पक्षमा नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ४ : ५९ बजे