Logo

Breaking News 1

बल्खुमा प्रहरीको लाठीचार्ज



काठमाडौं। निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ । जसका कारण प्रदर्शनकारीहरुको भागभाग भएको छ ।

बल्खुमा कार्यक्रम सकिएपछि प्रदशर्नकारीहरु निषेधित क्षेत्र माइतीघर आउन खोजेका थिए ।

प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्रहार र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । स्थिति नियन्त्रण नभएपछि प्रहरीले लाठी चार्ज गरेर बल्खु चोक खाली गराएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ४२ बजे