Logo

मुख्य समाचार

आजको प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर आज बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् । उनका अनुसार प्रदर्शनस्थल तिनकुने र बल्खुमा आयोग प्रतिनिधि केन्द्रित हुनेछन् ।

व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगले तयारी गरेको हो । अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ५१ बजे