Logo

Breaking News 1

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा



काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५९ बजे