Logo

Breaking News 1

सभामुख घिमिरेले गरे निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण



काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्ने निर्वाचन क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गरेका छन् ।

गृह जिल्ला झापाका बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्ध शान्ति गाउँपालिकामा उनले हिजो र अस्ति आफ्नै खर्चमा ३०१ जना वृद्धलाई लौरो वितरण गरेका हुन् ।

‘बुद्धशान्ति गाउँपालिकाका तीनवटा वडामा लौरो वितरण गरेसँगै मेरो निर्वाचन क्षेत्रका सबै वडाका बृद्ध बुवाआमाहरूलाई लौरो वितरण कार्यक्रम सकिएको छ । सबै बृद्ध आमाबुवाहरूको दीर्घ जीवनको कामना गर्दछु’ । लौरो वितरण कार्यक्रम समपनपछि सभामुख घिमिरेले भनेका छन् ।

घिमिरे प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ११ : ५७ बजे