Logo

खेलकुद

युरोकप छनौटमा अपराजित रह्यो पोर्चुगल



काठमाडौं । युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह जे को छनौटको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए । योसँगै पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ ।

१० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ । यस समुहबाट स्लोभाकिया दोस्रो हुदै युरोकपमा छनौट भएको छ । त्यस्तै आइसल्याण्ड भने १० खेलमा १० अंकसहित समुहमा चौथो भएको छ । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : १५ बजे