Logo

मुख्य समाचार

इजरायलले हमास आक्रमणमा भएका यौन हिंसाको अनुसन्धान गर्ने



तेल अहिव । इजरायली प्रहरीले फोरेन्सिक प्रमाण, भिडियो र साक्षीको गवाही र संदिग्ध व्यक्तिहरूको सोधपुछ प्रयोग गरी बलात्कारका घटनाहरू अभिलेखीकरण गर्ने भएको छ । गत अक्टोबर ७ मा इजरायलमा हमासको हमला गर्ने क्रममा भएको यौन हिंसाको अनुसन्धान गर्ने भएको हो ।

सो घटनामा समातिएका महिला र केटीहरूलाई यौन दुर्व्यवहार गर्नुका साथै शारीरिक यातना दिएर मारिएको घटनाका प्रत्यक्षदर्शीहरू बताएको इजरायली सेनाले जनाएको छ । प्रहरी उपरीक्षक डुडी काट्जका अनुसार अफिसरहरूले आक्रमणसँग सम्बन्धित १ हजारभन्दा बढी बयान र ६० हजार भन्दा बढी भिडियो क्लिपहरू सङ्कलन गरेका छन्, जसमा महिलाहरू बलात्कार भएको देखेका व्यक्तिहरूको बयान पनि समावेश छन्। उनका अनुसार अन्वेषकहरूसँग प्रत्यक्ष गवाही छैन, र कुनै पनि बलात्कार पीडित बाँचे वा बाँचेनन् भन्ने अझै स्पष्ट छैन।

गाजा नजिकैका गाउँ र खेतहरूमा त्यस दिन करिब १ हजार २०० इजरायलीहरू मारिएका थिए भने अधिक मात्रामा घाइते भए, जब हमास लडाकूहरूले समन्वयित हमलाहरूमा सीमापार हमला गरे अनि २४० भन्दा बढी बन्धकहरू लिएर र वर्तमान युद्धलाई अगाडि बढाउने काम गरे । हमास नियन्त्रित गाजाका अधिकारीहरूका अनुसार हालसम्म ११ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

प्रहरी आयुक्त शबताई याकोभले अनुसन्धानले सम्भावित रूपमा मुद्दा चलाउन सक्छ तर अहिलेको लागि कागजातहरू संकलन प्राथमिक मिशन हो। हिब्रू युनिभर्सिटीका मानव अधिकार कानून विशेषज्ञ कोचाभ एल्कायम लेभीले युद्धले गाजा र हजारौं प्यालेस्टाइनीहरूको जीवनलाई ध्वस्त पार्छ भन्ने डरले, अत्याचारको प्रमाणहरू दस्तावेज गर्नका लागि सहकर्मीहरूसँग मिलेर एउटा नागरिक आयोग गठन गरेका छन्।

इजरायली महिला र केटीहरु विरुद्ध भएको यौन हिंसाको त्यसले छानबिन गर्नेछ ।’ उनीहरूलाई भएको सबै कुरा हामीलाई कहिल्यै थाहा हुँदैन,’ एल्कायम लेभीले सीएनएनलाई भने, ‘हामीलाई थाहा छ कि बलात्कृत र यौन दुव्र्यवहार भएका अधिकांश महिलाको पनि हत्या भएको थियो।’ उनले आतंकवादी हमलाको एक हप्ता पछि संयुक्त राष्ट्र संघको बयानलाई औंल्याए, जसमा यौन हिंसाको उल्लेख गरिएको छैन।

‘यो केवल मौनता इजरायली महिला र हाम्रा बालबालिका र हाम्रा जनताको रूपमा हाम्रो अपमान भन्दा धेरै खराब छ,’ उनले संयुक्त राष्ट्रको बारेमा भने, ‘जब तिनीहरू हामीलाई स्वीकार गर्न असफल हुन्छन्, यहाँ के भयो भनेर स्वीकार गर्न, तिनीहरूले मानवतालाई असफल गर्दैछन्।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ११ : २२ बजे