Logo

मुख्य समाचार

दुई व्यक्तिकाे एउटै नागरिकता नम्बर भएपछि भूमिहीनले जग्गा पाउनबाट बञ्चित



महोत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ । महोत्तरीस्थित बर्दिवास(२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक(फरक दुइ जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो ।

संयोगले नाम र वुवाको नाम मिले तापनी उनिहरु फरक(फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास-२ का दलवहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।

अचम्म त कहाँनिर छ भने उनिहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिती, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक(फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास(२ बस्ने भुजेलको नागरिकता एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास(२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिए पछी खोजीको बिषय बनेको थियो । पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास(२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो रु भन्ने बिषयमा स्थानियहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए ।

नाताले मामा पर्ने पुर्ण भुमहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाए पछी अचम्ममा परेका थिए । सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजी कै क्रममा हात्तिलेटबस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सवै मिलेपछी अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न् ।

तर एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास(२ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सवै मिलेपछी पुर्ण भुमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिती सिर्जना भएको छ । अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास वैकंवाट कर्जा समेत लिएको बुझिएको छ। एउटै नागरिकता लिएर दुई फरक(फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए । ञदुवै नागरिकता २०४४ सालमा टोलीवाट बनाएको देखिएको छ,झ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ञहामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौ ।झ दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

यो दुवै नागरिकताको विषय नटुंगेसम्म पुर्ण भुमिहिन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । ञकानुनीरुपमा उनको नाममा जग्गा देखिए पछि वडाले पनि उनको हितमा केही गर्न सक्दैन,झ वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भन, ञहामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउँदै छौं

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १० : २५ बजे