Logo

मुख्य समाचार

आगलागीबाट घाइते भएका १४ जनालाई काठमाडौं ल्याइयो


२७ कार्तिक २०८०, सोमबार  

138
Shares

काठमाडौं । मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइतेहरूलाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको हो ।

आइतबार राति साढे १० बजे उर्लाबारी नगरपालिका ७ बरगाछिका दीपक कार्कीको घरमा अचानक आगलागी भएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरेको भएपनि पार्किङ गरी राखेको कारमा समेत आगलागी भई विस्फोट हुँदा ४ जना प्रहरी र २३ जना स्थानीय गरी २७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ३५ बजे