Logo

मुख्य समाचार

टिकटक बन्द गर्न इन्टरनेट कम्पनीलाई पत्राचार


२७ कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरेको हो । मन्त्रालयले प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले पनि मन्त्रालयले गरेको पत्राचार अनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : १५ बजे