Logo

Breaking News 1

रविको व्यङ्ग्य–सत्ताधारी दलका नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त ?


२७ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन्,’सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रूपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ ।’ 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ०४ बजे