Logo

Breaking News 1

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री


२५ कार्तिक २०८०, शनिबार  

23
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् ।  शनिवार काठमाडौँमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । 

उनले नेपाल संवत् ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताए ।

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ४९ बजे