Logo

Breaking News 1

अमेरिकाले तीन वर्षमा ६० लाख आप्रवासीलाई सिमानामा रोक्यो


२४ कार्तिक २०८०, शुक्रबार  

46
Shares

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन् ।

अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ ।

जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३।६ बिलियन डलरको माग गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ४१ बजे