काठमाडौं । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
बैंगलोरमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १७२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २३ दशमलव २ ओभरमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो । जीतसँगै न्युजिल्यान्डले ९ खेलबाट १० अंक जोडेको छ ।
प्रतिक्रिया