Logo

मनोरञ्जन

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। किरण भुजेल र  सोफी धरेलको अभिनयमा रहेको ‘आँखी झ्यालैमा‘ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक उमेश मुस्कान र गायिका प्रयुषा न्यौपानेको स्वर रहेको छ । उमेश मुस्कानको शब्द/सङ्गीत रहेको गीतको  सङ्गीत संयोजन केशव बडुले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा किरण भुजेल र  सोफी धरेलको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।‘

गीतको भिडियो :

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ०४ बजे