Logo

Breaking News 1

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका मालपोतका नासु र खरिदारविरुद्ध मुद्दा दायर


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए ।

घुस मागेको उजुरी परेपछि आयोगको इटहरी कार्यालयबाट खटेको टोलीले लिएको आरोपमा उनीहरुले सेवाग्राहीबाट पैसा लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।

टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग डेढ लाख मागी रकम लिएको पुष्टी भएपछि उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा कैद र बिगो डेढ लाख रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : २७ बजे