Logo

Breaking News 1

युट्युवर मनोज मानवलाई अधिकतम कारबाही होस : महेश बस्नेत


२३ कार्तिक २०८०, बिहिबार  

115
Shares

काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव भनिने मनोजकुमार महतो आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।

मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गर्दै अधिकतम कारबाहीको माग गरेका छन् ।

केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।

यता ब्युरोले भने कसका उजुरीका आधारमा मनोजलाई पक्राउ गरिएको भन्नेबारे केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १२ : १६ बजे