Logo

Breaking News 1

प्रहरी घेरा भित्र एन्फाको विशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

हेटौंडा। प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुदैँछ ।

अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ ।

साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सिमामा पुगेको छ ।  

एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै आज हुने अविश्वासको प्रस्ताव पेश भए पछि मताधिकार प्रयोग गर्न पाउने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ४६ बजे