काठमाडौं । उच्च अदालत पोखराले लेकसाइडलाई २४ घण्टा नै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ।
उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।
व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन माग गर्दै स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन् । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई १५ दिनपछि बोलाएको छ ।
प्रतिक्रिया