काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ ।
भारतले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ दशमलव १ ओभरमा ८३ रन बनाउँदै अलाउट भएको हो । भारतका लागि रवीन्द्र जडेजाले ५ विकेट लिए ।
यसअघि टस जितेको भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले नटआउट १ सय १ रन बनाए ।
प्रतिक्रिया