Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक १९ गते


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

आज मिति २०८० कार्तिक १९ गते, आइतबार, ५ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष अष्टमी तिथि। तिष्य नक्षत्र, १२ः१६ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट।

मेष राशि

पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ।

बृष राशि

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

मिथुन राशि

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कर्कट राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

सिंह राशि

आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।

कन्या राशि

श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ।

तुला राशि

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

बृश्चिक राशि

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ।

धनु राशि

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ।

मकर राशि

हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तर आतिथ्य खर्चिलो हुनेछ। अवसर प्राप्त भए पनि काममा अलमल हुनेछ।

कुम्भ राशि

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

मीन राशि

परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : ४३ बजे